अर्जुनधारा।





स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका निर्देशकको बा२झ ३१२६ नम्बरको सेतो रंगको स्कर्पियो गाडीको दुरुपयोग भएको छ ।


महाशाखाका निर्देशक विकास लामिछानेकी पत्नी पुष्पा लामिछानेले काठमाडौंदेखि झापाको अर्जुनधारामा विहीवार चिना हेराउन आउँदा सो गाडीको दुरुपयोग भएको हो । उनी परिवारसहित अर्जुनधारा–७स्थित ज्योतिष मातृकाप्रसाद घिमिरेकोमा चिना हेराउन आएकी उनले पूर्वाञ्चलकर्मीसँगको फोन सम्पर्कमा बताइन् ।

ज्योतिष घिमिरेको डेरा नजिक सडकमा पार्किङ गरी राखिएको गाडीको तस्वीर खिचेसँगै गाडी चालकले उक्त गाडी त्यहाँबाट भगाएका थिए । डेरामा चिना हेराइरहेका निर्देशक पत्नी लामिछाने भने हिँड्दै गाडी भगाएको स्थानतर्फ गएको प्रत्यक्षदर्शीले बताए ।


यस विषयमा विभागका सूचना अधिकारी टेकराज अर्यालसँग फोन सम्पर्क गर्दा उनले सरकारी गाडी निजी प्रयोजनमा प्रयोग हुनु गलत भएको बताए । गाडी कुन प्रयोजनले त्यहाँ पुगेको हो सो विषयमा जानकारी लिन महाशाखाका निर्देशक लामिछानेलाई आफूले फोन सम्पर्क गर्दा फोन नउठेको जवाफ दिए ।