Aamsanchar

प्रदेश नम्वर १ मा कार्की मनोनित

Author Image
शुक्रवार, असार २९, २०७५

बिर्तामोड।

बिर्तामोडका युवा व्यवसायी वलराम कार्की नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ को सदस्यमा मनोनित भएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघमा लामो समयसम्म नेतृत्वमा रहेका कार्कीलाई महासंघको आर्थिक गतिविधिलाई अझ सक्रिय बनाउन भन्दै प्रदेश सदस्यमा मनोनित गरिएको महासंघका अध्यक्ष नरेन्द्रकुमार खड्काले जानकारी दिए ।

महासंघको विस्तारित वैठकबाट उनलाई मनोनयन गरेको बताइएको छ । कार्कीले झापाका विभिन्न दर्जन बढी सामाजिक संघ–संस्थामा रहेर उत्कृष्ट भूमिका निर्वाह गर्दै आएका छन् ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर