अर्जुनधारा।

इलामको माईजोगमाई गाँउपालिका घर भई हाल अर्जुनधारा नगरपालिकास्थित दिदीको घरमा अध्ययन गर्न बसेकी एक किशोरीलाई जबरजस्ती गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित किशोरीका आफन्तले दिएको उजुरीको आधारमा अर्जुनधारा–५स्थित कञ्चनबारी निवासी ४० वर्षीय चूडामणि सापकोटालाई पक्राउ गरिएको शनिश्चरे प्रहरी चौकीका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक सुरेशकुमार निरौलाले जानकारी दिए ।
बुधवारराति नौ बजे टीभी हेरिरहेको अवस्थामा आरोपित सापकोटाले कोठामा दिदी नभएको मौका छोपी आफ्नो शरीरमा हातपात गरेको पीडित किशोरीले बताएकी छन् ।

पक्राउ गरिएका सापकोटालाई नियन्त्रणमा लिइएको सापकोटालाई आवश्यक कार्वाहीको लागि बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा पठाइएको चौकीका निमित्त प्रमुख निरौलाले जानकारी दिए ।
Views: 122

