झापा।

सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् ।

शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय सावा तुल्लालाई हात्तीको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट घाईते तुल्लालाई उपचारका लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । गाउँमा हात्ती पसेपछि इलाका प्रहरी कार्यालय लौकही, सीमा प्रहरी चौकी भाण्टाबारी, प्रहरी चौकी श्रीपुर र स्थानीय मानिसहरुको सहयोगमा जंगलतर्फ लखेटिएको थियो ।

Views: 149

