कमल पाण्डे विनोद







चारपाने, असार ३० । सुरुङ्गा जेसीजले कनकाई नगरका सडक किनारामा बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिएको छ ।

सन् २०११ मा सुरुङ्गा जेसीजका खेलकूद संयोजक हालका अध्यक्ष भीमप्रसाद भट्टराइृले गरेको परिकल्पनालाई जेसीजले अभियानको रुपमा शुरु गरेको ग्रीन सिटी, क्लीन सिटी कार्यक्रमलाई निरन्तरता दिदै हरेक टोलमा वृक्षरोपणको अभियान शुरु गरिएको हो ।शनिवार सुरुङ्गा जेसीजको सभाहलमा आयोजित विशेष कार्यक्रमका वीच प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जेसीज हल परिसरमा धुपीको विरुवा रोपी हजारीले सिँचाई गरी वृक्षरोपण अभियानलाई तिव्र् रुपमा अघिबढेको शन्देश प्रवाहगरे । मेयर पोखरेलले सुरुङ्गा जेसीजले शुरु गरेको अभियान सकारात्मक रहेको र यसलाई सफल बनाउन समस्त नगरवासीसँग अपिल गरे ।


उक्त वृक्षरोपण अभियानलाई शुरुमा टोल सुधार समितिहरुसँग सहकार्य गरी कनकाई–३ सुरुङ्गा बजारका सबै टोलमा सम्पन्न गर्ने र क्रमशः नगरका सबै वार्डका बजार क्षेत्रमा वृक्षरोपण कार्यक्रमलाई विस्तार गर्ने उक्त उद्घाटन कार्यक्रमका अध्यक्ष सुरुङ्गा जेसीज वर्ष २०१८ का अध्यक्ष भीमप्रसाद भट्टराईले बताए । अध्यक्ष भट्टराईले आगामी दशैंसम्ममा ५ सय बढी विरुवा रोप्ने जानकारी दिए । वृक्षरोपण अभियान सफल बनाउन सुरुङ्गा जेसीजले स्थानीय सरकार कनकाई नगरपालिका, नगरका ४ वटा वनसमूह, सबै बजार समिति र टोल सुधार समितिहरुसँग समन्वय, सहकार्य र साझेदारी गर्ने सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष जबिन तिम्सिनाले बताए ।
कार्यक्रममा वार्ड अध्यक्षहरु रुद्रप्रसाद चिमरिया, प्रेम कटुवाल, लक्ष्मीप्रसाद ओली, प्रेम राजवंशी, वार्ड सदस्यहरु कृष्णमाया भुजेल, देवी अधिकारी, युवराज चम्लागाईं, छबि थपलिया, वन समूहका अध्यक्षहरु ख्यामप्रसाद ओली, खेमराज सिटौला, भक्तबहादुर पौडेल, समाजसेवीहरु नारायणप्रसाद पोखरेल, खेम प्रसाई, पवन शाह, देवीप्रसाद खरेल, राजेन्द्र उप्रेती, रोशन श्रेष्ठ, विजय पाठक, पुण्यप्रसाद बाराकोटी, देवीमाया रिजाल, जेसीज पूर्व अध्यक्ष एलपी उप्रेती, जनक कार्की, सरला दाहाल पोखरेल, समाजसेवी डीपी गौतम लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहाल, जेसीज पूर्व अध्यक्ष शिव कडेल, वडा नंं ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरुले वृक्षरोपण गर्ने मात्र होइन, विरुवाको संरक्षण गर्नु ठूलो कुरा रहेकोमा जोड दिएका थिए । सुरुङ्गा जेसीजका काका उपाध्यक्ष अर्जुन बोहोराको संयोजन, उपाध्यक्ष नमिता काफ्लेको आस्थावाचन र राजकुमार कट्टेलले जेसीज भिजन र मिसन प्रस्तुत गरेको कार्यक्रम महासचिव देवेन्द्र रिसालले सञ्चालन गरेका थिए ।