Aamsanchar

पुल निर्माण हुँदै

Author Image
शनिवार, असार ३०, २०७५

कञ्चनपुर,

कञ्चनपुरको लाझाडी गाउँपालिका – ३ बल्मिस्थित दोदा नदीमा रु ३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु भएको छ ।

तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।

पुल निर्माणको कार्य शुरु भएपछि यहाँका बासिन्दाको वषौंदेखिको नदी तर्नुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका प्रमुख मदनसेन वडायकले बताउनुभयो ।

नदीमा पुल नहँुदा वर्षाका बेला यहाँका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । यस क्षेत्रमा एक हजार बढी परिवारको बसोवास रहेको छ ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर