Aamsanchar

दश लाख रुपैयाँको आँप बिक्री

Author Image
शनिवार, असार ३०, २०७५

उदयपुर,

उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् ।

स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले अहिलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरिसकेको र अझै पनि केही आँप बिक्री गर्न बाँकी रहेका छन् ।

यस क्षेत्रमा उत्पादन हुने आँप सप्तरीको फत्तेपुर, चौदण्डीको बेल्टार, जिल्लाको सदरमुकाम गाईघाट रसुनसरीको धरान बजारमा बिक्री हुने गरेको आँप उत्पादक कृषक बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका अनुसार चौदण्डीको हँडिया, सुन्दरपुर, त्रियुगा नगरपालिकाको जोगिदह, बगाहा, बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमा व्यावसायिकरुपमा आँप उत्पादन हुने गरेका छन् ।

अन्यमा कटारी नगरपालिकाको त्रिवेणी र रिस्कु क्षेत्रसहितका क्षेत्र अहिले जिल्लाकै आँप उत्पादन पकेट क्षेत्र रहेको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रामसेवक ठाकुर बताउनुहुन्छ ।

यस क्षेत्रमा बम्बई, कलकतिया, मालदह, कृष्णभोग र आम्रपाली जातका आँप उत्पादन हुने गरेको बाली विकास अधिकृत ठाकुरले जानकारी दिनुभयो । जिल्लामा यस वर्ष रु एक करोडभन्दा बढीको आँप बिक्री हुने अनुमाने जिल्ला कृषि विकास कार्यालयको छ ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर