Aamsanchar

कृष्ण पहाडीसहित ३१ जना अधिकारकर्मी गिरफ्तार

Author Image
शनिवार, असार ३०, २०७५
काठमाडाैं,
मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाका क्रममा प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित ३१ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।

समाजले सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध धर्नाकाे कार्यक्रम राखेकाे थियाे । शनिबार दिउँसो १ बजे आयोजित धर्नामा प्रहरीले गिरफ्तार गरिएका पहाडी सहित ३१ जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ ।

धर्नामा सहभागीहरुले ‘सत्याग्रही भोकै छन्: नेपाली जनता रोएका छन्’, ‘ओली सरकारको उपहार:स्वन्त्रतामाथि प्रहार’, ‘स्वतन्त्रता विरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’, ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’, ‘सत्याग्रहीको जीवन रक्षा गर’, ‘अपराधीलाई संरक्षण बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर