Aamsanchar

पाँचथरको फालेलुङमा पिकअप दुर्घटना हुँदा ६ घाइते, वडा अध्यक्षसहित दुर्इको अवस्था गम्भिर

Author Image
शनिवार, असार ३०, २०७५

पाँचथर :

फालेलुङ गाउँपालिकाको-६ स्थित बरभञ्ज्याङमा पिकअप दुर्घटनामा परी सोही वडाका वडा अध्यक्षसहित ६ जना घाइते भएका छन्।

घाइतेमध्ये वडा अध्यक्ष सुजता वान्तावा र दीपक राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सोही ठाउँका सुनिल राई, राजकुमार राई, प्रदीप राई र सवारी चालक इलामको माइमझुवाका रमेश राई पनि घाइते भएका छन्।

उनीहरू सबैलाई उपचारका लागि सदरमुकाम फिदिम ल्याँइदै गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए। मे १ ज १२४० नम्बरको पिकअप दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुलेको छैन।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर