Aamsanchar

पानी माग्ने निहुँमा आठ वर्षीया बालिका बलात्कार

Author Image
आइतवार, असार ३१, २०७५

अछाम, 

साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् ।

बालिकाका आफन्त रोपाइँ गर्न गएको मौका छोपी दुई वर्षीया बहिनीकी गोठालो बसेकी सोही स्थानकी ती बालिकालाई असार २० गते दासले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ ।

बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर रावतले ढिला गरी घटनाको उजुरी आउँदा पीडकलाई नियन्त्रणमा लिन अप्ठयारो भएको बताउनुभयो ।

पीडित पक्षले यही असार २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बताइएको छ । बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर