काठमाण्डौ ।

जनताको कर तिरेर राज्यको तलब खाने कर्मचारी जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने ठाउँमा दिउसै कार्यालय हातामा रक्सी र मासुको पार्टी गर्छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ ।

हो यस्तै भएको छ नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखामा । सो कार्यालय हाता भित्रै कर्मचारीहरु दिउसै रक्सी र मासु खाएको अनौठो दृश्य देखिएको छ । विशेष सुचनाको आधारमा शुक्रबार फेवा टेलिभिजन सो कार्यालयमा पुग्दा कर्मचारीहरु दारु पार्टीमा मस्त थिए ।
नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखा प्रमूख कैलाश पन्त सहित २३ जना कर्मचारी दिउसै कार्यालय हाताभित्रै रक्सी र मासुकोमा झुम भएका थिए । उनिहरुलाई मापसे चेक जाँचगरी मापसे गरेका ११ जनालाई ईलाका प्रहरी कार्यालय डाँडाको नाकमा राखिएको प्रहरीले जनाएको छ । हेर्नुहोस भिडियो

Views: 148

