Aamsanchar

जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न

Author Image
आइतवार, असार ३१, २०७५

झापा,

जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ ।

बढ्दो मानवीय गतिबिधीका कारण बाताबरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजीत कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि , राजनीतिक दल , सञ्चारकर्मी, समाजीक व्यक्तित्व तथा सर्वसाधारणको उपस्थिीति रहेको थियो ।

बाताबरण संरक्षण मञ्च नेपाल र बन तथा बाताबरण समिति हल्दीबारी गाउँपालीकाको संयुक्त आयोजनामा सञ्चालीत कार्यक्रममा हल्दीबारी गाउँपालीका वडा ३ का वडापरिषद सदस्य शर्मिला बिश्वकर्माको प्रमुख आतित्थयता तथा बाताबरण संरक्षण मञ्च नेपाल अध्यक्ष हैकम राज घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा हल्दीबारी गाउँपालीका वडा ३ का ३० जना सर्व–साधारण को उपस्थित रहेको थियो । बाताबरण संरक्षण मञ्चका सदस्य सत्यम कुमार चौधरीले स्वागत गर्नुभएको कार्यक्रममा स्थानिय लक्ष्मी मा बि का पुर्व प्रध्यान्ध्यापक ओम प्रसाद मिश्र र निवर्तमान नेकपा एमालेकी गाउँ कमिटि अध्यक्ष कमला ढुङगेल संचारकर्मी सरोज पौडेलले कार्यक्रमको सफलताको शुभकामना व्यतm गर्नुभएको थियो । हल्दीबारी ३ को पञ्चायत मा बि मा भएको कार्यक्रमको सहजीकरण बिरेन मेचेले गर्नुभएको थियो ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर