Aamsanchar

कनकाई–१ मा धमाधम सडकको स्तरोन्नति

Author Image
आइतवार, असार ३१, २०७५

सुरुङ्गा।

झापाको कनकाई नगरपालिका–१ का दुई सडकको स्तरोन्नती गरिएको छ । कनकाई नगरपालिका–१ टीकाराम खड्काको घरपश्चिम वडा नं. २ स्थित सुरुङ्गा पुल जोड्ने पञ्चायत मार्गको स्तरोन्नति गरिएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को बजेटबाट गाविस मार्गको दुर्गापुर दानाबारी सडक अन्तर्गत टीकाराम खड्काको घरपश्चिमबाट सुरुङ्गा पुल जोड्ने एक हजार नौ सय ७५ मिटर सडक स्तरोन्नति गरिएको हो । ऐतिहासिक महत्व बोकेको सो सडकको स्तरोन्नतिको काम कनकाई नगरपालिकाबाट पहिले १० लाख पुनः अपुग रकम तीन लाख ३६ हजार र बाँकी श्रमदान गरी १३ लाख ५० हजारभन्दा बढीको लगानीमा सम्पन्न गरिएको बाटो निर्माण समितिका अध्यक्ष दीपेश रिमालले जानकारी दिए ।

दुवै साइडमा तीन–तीन फिटको नालीसहित ४६ फिटको बाटो निर्माण गरी यति ठूलो बजेटको काम दुई महिनाभित्रमा सम्पन्न गरिएको नगरकै पहिलो भएको अध्यक्ष रिमालले दाबी गरे । गत सालको फागुन २६ गते नगरपालिकासँगको सम्झौता पछि शुरु गरिएको काम बैशाख मसान्तसम्ममा सफलतापूर्वक सम्पन्न गरिएको निर्माण समितिका सचिव हेमसिंह श्रेष्ठले जानकारी दिए । वर्षायाम शुरु हुनुभन्दा अगावै कामको जिम्मा लिने र सहजरुपमा काम सम्पन्न गर्ने परिपाटीको विकास गर्नुपर्ने अध्यक्ष रिमालको भनाइ छ ।

सडकको स्तरोन्नतिपछि पाँच सय घर–परिवार लाभान्वित हुने र सबैलाई आवात–जावतमा सहज भएको वडा नं. १ का अध्यक्ष रोशनराज पोखरेलले बताए । उक्त बाटो निमार्ण गर्नका लागि रिमालको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको थियो ।

समितिको सचिवमा हेमसिंह श्रेष्ठ, कोषाध्यक्ष भीमकुमारी श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा कृष्णबहादुर बराल, डम्बर भट्टराई, शान्तिराम ढकाल, गुरुभक्त दंगाल, रामकृष्ण नेपाल र भुमा श्रेष्ठ रहेका थिए । समितिले सम्पन्न गरेको बाटोमा विगतका बर्षयाममा भएका खाल्डा–खुल्डी र जमेको पानीमा हिंडेका उपभोक्ताहरु अहिले धेरै सहज भएकोमा खुशी रहेको स्थानीय चण्डिका नेपाल बताउँछन् ।

प्रत्यक्षरुपमा उपभोक्ताबाट गठन भएको निर्माण समिति र जनप्रतिनिधिको निगरानीमा काम सम्पन्न भएकाले बाटो स्तरोन्नतिको काम गुणस्तरीय भएको सबै पक्षबाट स्वीकार गरिएको छ । निर्माण सम्पन्न भएपछि स्थानीयबासीहरु हर्षित भएका छन् ।

त्यसैगरी कनकाई नगरपालिका वडा नं. १ स्थित जामुनबारी चोक उत्तरबाट सरस्वती मावि जोड्ने सडकको स्तरोन्नति गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ को बजेटबाट सरस्वती मार्गको जामुनबारी चोकबाट उत्तर हँुदै गरमकाली मन्दिर छेउसम्म करिब दुई किलोमिटर सडकको स्तरोन्नति गरिएको हो ।

निर्माण कार्य सम्पन्न गर्न कनकाई नगरपालिकाबाट पाँच लाख, जामुनावारी सामुदायिक वन समूहबाट पाँच लाख र उपभोक्ताहरुबाट ७५ हजार नौ सय १४ रुपैयाँको लगानीमा काम सम्पन्न भएको बाटो निर्माण समितिका अध्यक्ष दीपक ओलीले जानकारी दिए ।

सडकको दुबै किनारामा तीन–तीन फिटको ड्रेनसहित ४६ फिटको बाटो निमार्ण गरी यति ठूलो बजेटको काम सम्पन्न भएको तर डे«नको काम भने आगामी वर्षको बजेटमा नगरपालिकासँग माग गरिएको अध्यक्ष ओलीले बताए ।

२०७४ फागुन महिनामा नगरपालिकासँगको सम्झौता पछि शुरु गरिएको काम दुई महिनाभित्रमा सकिएको निर्माण समितिका सचिव नरपति पाण्डेले बताए । उक्त बाटो निमार्ण गर्नका लागि १३ सदस्यीय समिति गठन गरिएको थियो ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर