Aamsanchar

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

Author Image
आइतवार, असार ३१, २०७५

झापा,

झापाको बिर्तामोड–भद्रपुर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको आइतबार दिउँसो मृत्यु भएको छ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ७ निवासी लोकबहादुर श्रेष्ठका ७ वर्षीय छोरा अभिषेक श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार भद्रपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको स ३ प २७९६ नम्बरको मोटरसाइकलले बिर्तामोड ८ स्थित स्कुल डाँडा छेऊमा सडक काटर्दै गरेका बालक श्रेष्ठलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। यता मोटरसाइकसहित मोटरसाइकल चालक बिर्तामोड ४ निवासी दीपेश गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर