Aamsanchar

जंगली जनावरबाट घाइतेलाई रु एक लाखभन्दा बढी सहयोग

Author Image
सोमवार, असार ३२, २०७५

बाजुरा, 

भालुको आक्रमणमा परी घाइते भएकी बाजुरा बडीमालिका नगरपालिका–९ की कञ्चना उखेडालाई जिल्ला वन कार्यालय बाजुराले आज आर्थिक सहयोग गरेको छ ।

घर नजिकै रहेको वनमा घाँस काट्न गएका बेला गत मंसिर २५ गते भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

भालुको आक्रमणबाट घाइते भएका कारण उनलाई कानूनी प्रक्रियाअनुसार कार्यालयले रु एक लाख ९६ हजार ११२ चेकसहित हस्तान्तरण गरिएको जिल्ला वन कार्यालय बाजुराका वन अधिकृत दानबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

आक्रमणमा उखेडाको बायाँ आँखासमेत गुमेको छ, आफन्त मदन विकले भन्नुभयो, “उपचारमा अहिलेसम्म रु ६ लाख खर्च भएको छ ।” उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको विकले बताउनुभयो ।

वन कार्यालयको उक्त सहयोगले उपचारमा थप राहत पुग्ने विश्वास आफन्तको छ ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर