Aamsanchar

होटल होलिडे होमलाई स्टार होटलको मान्यता

Author Image
सोमवार, असार ३२, २०७५

बिर्तामोड।

बिर्तामोडमा दुई वर्ष अघिदेखि सञ्चालनमा आएको होटल होलिडे होमले स्टार होटलको मान्यता पाएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल होलिडे होमलाई ‘टु स्टार’को मान्यता प्रदान गरेको होटलका सञ्चालक देवेन्द्र चम्लागाईले जानकारी दिए । होटल होलिडे होमले स्टार होटलको मान्यता पाएसंगै मेचीमै स्टार होटलको मान्यता पाउने यो पहिलो होटल भएको छ ।

मन्त्रालयले पर्यटन ऐन २०३५ तथा होटल लज रेस्टुरा वार तथा पथप्रर्दशक नियमावली २०३८ मा व्यवस्था भएअनुसार दुई तारामा वर्गीकरण गरिएको होटललाई प्रमाणपत्र प्रदान गरेको छ ।

२५ करोड रुपैयाँको लागतमा २०७३ साल चैतबाट होटल सञ्चालनमा आएको थियो । दुई कठ्ठा १० धुर क्षेत्रफलमा निर्माण गरिएको होटल सात तले रहेको छ । ४० वटा अत्याधुनिक र सुविधा सम्पन्न होटलमा रुमको व्यवस्था रहेको सञ्चालक चम्लागाईले बताए ।

होटलमा ४० जनाले रोजगार पाएका छन् । पर्याप्त पार्किङको व्यवस्था सहित सञ्चालनमा रहेको होटलमा डिलक्स ग्रेण्ड डिलक्स स्विट, सवै कोठामा एसी र ३६० जना मानिस सहभागी भएर कार्यक्रम गर्न सकिने हल सहितको व्यवस्था रहेको होटल सञ्चालक चम्लागाईले बताए ।

होटल प्रेमप्रसाद र देवेन्द्र चम्लागाईको लगानी रहेको बताइएको छ ।

Views: 202

प्रतिक्रिया (०)