Aamsanchar

सर्पको टोकाइबाट दाङमा दुईजनाको मृत्यु

Author Image
मङ्गलवार, साउन १, २०७५

दाङ,

सर्पको टोकाइबाट दाङमा दुईजनाको ज्यान गएको छ  । सुतेकै अवस्थामा सर्पले डस्ता बबई गाउँपालिका वडा नम्बर ४ हापुरेका २५ वर्षीय देवराज आलेको ज्यान गएको छ ।

सोमबार राति सुतेकै अवस्थामा सर्पले डसेको र मंगलबार बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय हापुरेले जनाएको छ । गर्मीका कारण भुईँमै सुतेकाले सर्पले टोकेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वाराका ४ वर्षीय झपेन्द्र विकको पनि सर्पको टोकाईबाट ज्यान गएको छ । उपचारका क्रममा बाँँकेको कोहलपुर मेडिकलकलेजमा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै सर्पकै टोकाइबाट गम्भीर घाइते भएकी उनकी ११ वर्षीया दिदी अनिता विकको कोहलपुर मेडिकलकलेजमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर