झापा,

झापा मेचीनगरका एक युवाले बिश्वकप फुटबलमा बाजी जितेको पैसा आपाङग् वालबालिकालाई सहयोग गर्नुभएको छ ।

बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका मेचीनगर—३ वडाखालका निश्चल श्रेष्ठले अर्जुनधारा—६ स्थित आपाङग् बालशिक्षा सरोकार केन्द्रलाई नगद १० हजार सहयोग गर्नुभएको हो ।
श्रेष्ठका बुबाआमाले आज सरोकार केन्द्र पुगेर सञ्चालक कृष्णदेव दुलाललाई सो रकम हस्तान्तरण गर्नुभएको छ । सहयोग रकम बुझ्दै सञ्चालक दुलालले श्रेष्ठ परिवारलाई धन्यवाद दिदै आगामी दिनमा अन्य पक्षबाट समेत सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।

विगत लामो समयदेखी विदेशमा रहदै आएका श्रेष्ठले विश्पकपको फाइनलमा आफ्नै साथीसंग बाजी राखेका थिए । श्रेष्ठले यसअघि पनि यस्ता सामाजिक कार्य गर्दै आएनुभएको छ । २०६९ सालमा स्थापित अपाङग् बाल सरोकार केन्द्रमा १२ जना अपाङग् बालबालिका रहेका छन ।
Views: 72

