काठमाडौं,

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीच पार्टी एकीकरणभई बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो।

असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीँ बस्यो। नेकपा नियमावली परिमार्जन कार्यादलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाकिएको थियो अर्को दिन पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो।

सो बैठकले पार्टीको नियमावली तथा विधान पारित गर्ने निर्णय गर्यो। गत महिना सत्तासीन नेकपाका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै भएका छन्। नागरिक दैनिक लेख्छ, सत्ताको नेतृत्व गरेको नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रूपमा प्रयोग गरेको विषय नौलो भने होइन।

यसअघि पनि सरकारको नेतृत्व गर्ने दलले यही ठाउँलाई पार्टीको बैठकस्थल बनाएका थिए।

