काठमाडौँ,
महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ ।
महाशाखाले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी रकम राख्दा तीन महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर रकम ठगी गर्ने नागराजलाई जेल चलान गरेको हो ।
महाशाखाको टोलीले नागराजले रु दुई करोड ४० लाख ठगी गरेको भन्ने पीडितको निवेदनका आधारमा असार ९ गते पक्राउ गरेको थियो ।
महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पूर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 163