इलाम ।

इलामको माइजोगमाइ १ नयाँबजारमा शुक्रबार परेको चट्याङले लागेर दुर्इ जना घार्इते भएका छन् ।

दिउँसोको समयमा पानीसँगै बारीमा परेको चट्याङको झट्काले माईजोगमाई १ बस्ने ७३ बर्षकी निमा कुमारी शेर्पा र उनैकी छोरी २२ बर्षकी गंगा शेर्पा सामान्य घाईते भई स्थानीय क्लिनिकमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
चट्याङबाट अन्य कुनै क्षति भने भएको छैन ।

Views: 141

