Aamsanchar

केन्याको रात्रिकालीन क्लबबाट २१ नेपाली युवतीको उद्धार

Author Image
शनिवार, साउन ५, २०७५

काठमाडौं,

मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति उद्धार गरेको छ।

उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्धार गरिएको हो। केन्यास्थित मानव बेचबिखन प्रतिरोध तथा बालरक्षा एकाइको संयुक्त टोलीले मोगोसियो सडकमा छापा मारी नेपाली युवतीलाई मुक्त गरेको समाचार कान्तिपुर दैनिकमा छ।

‘प्रहरीले नियमित छापा मार्ने क्रममा नेपाली युवतीलाई उद्धार गरेको हो,’ केन्यास्थित अवैतनिक नेपाली दूत जिम्मी अस्कारले भने

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर