Aamsanchar

बाख्रा पाएपछि स्थानीय दंग

Author Image
शनिवार, साउन ५, २०७५

बिर्तामोड।

बिर्तामोड नगरपालिकामा रहेको पशपंक्षी विकास शाखाले बिर्तामोड नगरपालिकाभित्र सञ्चालित कृषक समूह र पशुपालक कृषकहरुलाई उन्नत वोयर जातका बीऊ बोका तथा माउ बाख्रा वितरण गरेको छ ।

यस आर्थिक वर्षमा वितरण गरिएका माउ बाख्राबाट जन्मने पहिलो सन्तान पुनः अर्को आर्थिक वर्ष फिर्ता गर्नुपर्ने र फिर्ता भएका बाख्रा अन्य कृषकलाई वितरण गर्दै जाने लक्ष्यका साथ बाख्रा साटासाट कार्यक्रम मार्फत उन्नत वोयर जातका बीऊ बोका तथा माउ बाख्रा वितरण गरिएको पशुपन्छी विकास शाखाकी प्रमुख सानुमाया श्रेष्ठले जानकारी दिइन् ।

गत आर्थिक वर्षभित्र नगरपालिकाको एक करोड ४३ लाख बजेटभित्र रहेर कार्यक्रम सञ्चालन गरिएको र गत आर्थिक वर्षमा मेयर पकेट प्याकेज, ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत २६ लाख रुपैयाँको बजेटबाट एक सय ३५ वटा बाख्रा तथा खोर निर्माण, आहार व्यवस्थापन, औषधि, बीमा, तालिम, समूह गठन विभिन्न कृषि सहकारी, कृषक समूह, तथा कृषकहरुमा कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् ।

उक्त कार्यक्रम अन्तर्गत बंगुर पकेट कार्यक्रम, लोकल कुखुरा पकेट कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । कार्यक्रममा सहभागी कृषकहरुले नगरपालिकाले शुरु गरेको बाख्रा साटसाट कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर