Aamsanchar

पेट्रोलियम पदार्थको तस्करी बढ्यो

Author Image
शनिवार, साउन ५, २०७५

कचनकवल।

झापाको दक्षिण पूर्वी सीमावर्ती गाउँपालिका कचनकवलबाट पेट्रोलियम पदार्थको खुलेआम तस्करी हुने गरेको रहस्य खुलेको छ ।

मोटरसाइकल र साइकलको प्रयोग गरी तस्करहरुले दैनिक हजारौं लिटर पेट्रोल र डिजेल भारतीय सीमावर्ती बजारहरुमा पु¥याउने गर्दछन् । तस्करीमा भारतीय मोटरसाइकलको समेत प्रयोग हुने गरेको पाइएको छ ।

पछिल्लो समय बनियानीमा पेट्रोलपम्प सञ्चालनमा आएपछि तस्करहरुलाई अझ सजिलो भएको स्थानीयले बताएका छन् । नेपालमा भन्दा भारतमा पेट्रोल र डिजेलको मूल्य बढी भएका कारण यसरी तस्करी बढेको हो । नेपालमा भन्दा भारतमा पेट्रोल २८ रुपैयाँँ र डिजेल २५ रुपैयाँ बढी मूल्यमा बिक्री हुन्छ ।

जर्किन र ठूल्ठूला ड्रममा भरेर खुलेआम पेट्रोलियम पदार्थ भारत पु¥याउँदा समेत प्रहरी र आयल निगमले कुनै चासो नदेखाएको कचनकवल गाउँपालिका वडा नम्बर २ पथरियाका भवानी शंकर आचार्यले बताए ।

बनियानीमा इलाका प्रहरी कार्यालय छ, पथरिया र केचानामा इलाका मातहतका प्रहरी चौकी पनि छन्, केचनामा सशस्त्र प्रहरीको चेकपोष्ट पनि छ तर खुल्लमखुल्ला भरतीय नम्बर प्लेटका मोटरसाकलले जर्किन र ड्रममा भरेर ठूलो परिमाणमा पेट्रोल र डिजल भारत पु¥याउँदा समेत रोकटोक नगरेकोले तस्करीमा सुरक्षा निकायको पनि संलग्नता हुन सक्ने स्थानीयले आरोप लगाउँदै आएका छन् ।

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर