धादिङ ।

आफूहरुलाई दुःख दिएको भन्दै गाउँलेहरुले कुटपिट गर्दा उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं–२ लताबमा दुईजना झाँक्रीको मृत्यु भएको छ ।

शनिबार दिउँसो गाउँलेले कुट्दा ६० वर्षीय साईंला तामाङ र नरुङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना हुनेबित्तिकै गाउँलेहरुले नै लास जलाइसकेको भन्ने सूचना आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर बिकले जानकारी दिए ।


घटनाको थप जानकारी प्रहरी टोलीले अनुसन्धान गरेपछि मात्र दिन सकिने प्रहरीले जानकारी दिएको छ । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने प्रहरीले जनाएको छ ।
Views: 226

