Aamsanchar

बुधबारे जेसीजले करीव एक हजार विरुवा रोप्यो

Author Image
आइतवार, साउन ६, २०७५

बुधबारे।

वातावरणको क्षेत्रमा विगतका वर्षहरुदेखि नै कार्य गर्दै आएको बुधबारे जेसीजले ग्रिन सिटी क्लिन सिटी वृक्षारोपन कार्यक्रम अन्तर्गत बुद्धशान्ति १ मा करीव एक हजार विरुवा रोपेको छ ।

बृद्धशान्ति १ को आनन्देश्वर शिव मन्दिर देखि पीपल चोक सम्मको करीव डेढ किलोमिटर क्षेत्रको सडक किनारमा वृक्षारोपन गरिएको बुधबारे जेसीजका अध्यक्ष जेसी प्रकाश भण्डारीले जनाएका छन् । शनिबार बुद्धशान्ति एकका वडाध्यक्ष भिमकुमार नेवारको प्रमुख आतिथ्य तथा तीनतले सामुदायिक वनको अध्यक्ष नन्दु राईको विशेष आतिथ्यमा सो ठाउँमा वृक्षारोपन गरिएको बुधबारे जेसीजका अनिल वाग्लेले जनाएका छन् ।

कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोखरेल, बुधबारे जेसीजका पदाधिकारी, स्थानीय समाजसेवी तथा युवा व्यक्तित्वहरुको उपस्थितिमा वृक्षारोपन गरिएको अध्यक्ष भण्डारीले जनाएका छन् ।

जेसी गजुहांग योगहांगको संयोजकत्वमा भएको कार्यक्रमले वातावरणको क्षेत्रमा सकारात्मक प्रभाव पार्न र भावी सन्ततीलाई सुन्दर र हराभरा गाउँ सुम्पिनका लागि जेसीजले विगतका वर्षहरुमा झैं यो वर्ष पनि वृक्षारोपन गरिएको अध्यक्ष भण्डारीको भनाई छ ।

उनले बुधबारे जेसीजले चाँडै जेसीज वनको घोषणा गर्ने जनाएका छन् । सो वृक्षारोपन कार्यक्रमका लागि तीनतले सामुदायिक वनले विरुवा उपलब्ध गराएको थियाृ ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर