Aamsanchar

प्रदेशको नाम ‘लिम्बुवान किरात खम्बुवान’ राख्न माग

Author Image
आइतवार, साउन ६, २०७५

बिर्तामोड।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपाल प्रान्तीय समितिले प्रदेश नं. १को नाम ‘लिम्बुवान किरात खम्बुवान’ राख्न माग गरेको छ ।

समितिका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर गुरुङले शनिवार विज्ञप्ति जारी गरी पार्टीको माग बमोजिम प्रदेशको नामाकरण नगरिए आन्दोलनमार्फत् प्रदेशको नामकरण गराउन सरकारलाई बाध्य बनाउने चेतावनी दिएका छन् ।

सो पार्टीले पहिचान र भूगोलको आधारमा प्रदेशको नामकरण हुनुपर्नेमा जोड दिएको छ । तर, सरकारले त्यस विपरीत विभिन्न प्रदेशको नामकरण गरिरहेकोमा आपत्ति जनाउँदै संघीय लिम्बुवान मञ्चले लिम्बुवानदेखि खसान थरुहटसम्म नाम हुनुपर्ने अडान दोहो¥याए ।

त्यस्तै प्रदेश नं. ४को नाम गण्डकी प्रदेश राखिएकोमा आपत्ति प्रकट गर्दै सो पार्टीले तमुवान मगरात नाम राख्न माग गरेको छ । बहुमतको बामपन्थी सरकारले एक बर्ष वित्दा जनतालाई राहत दिनुको सट्टा बजार भाउमा २८ प्रतिशतसम्म मूल्य बृद्धि गरेको जनाउँदै उक्त पार्टीले तत्काल मूल्य बृद्धि फिर्ता लिन समेत माग गरेको छ ।

लिम्बुवान मञ्चले अनशनरत् डा. गोविन्द केसीलाई बल जफ्ती काठमाडौं लैजाने क्रममा अस्पतालमा भएको तोडफोडप्रति विरोध गर्दै घाइतेको निःशुल्क उपचार तथा क्षतिपूर्तिको माग समेत गरेको छ ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर