Aamsanchar

तरुण दलले बुझायो प्रजिअलाई ज्ञापन पत्र

Author Image
आइतवार, साउन ६, २०७५

रोसन भट्टराई/ चन्द्रगढी

नेपाल तरुण तल जिल्ला कार्य समिति झापाले डा. गोविन्द केसीको समर्थनमा काठमाण्डौमा शनिबार नेपाल तरुण दल केन्द्रिय कार्य समितिले निकालेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गरेको दमनको विरोध गरेको छ ।

डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने, चर्को मुल्य वुद्धि फिर्ता लिनुपर्ने लगायतको विषयमा निकालिएको जुलुसमा प्रहरीले नेपाल तरुण तलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत लगायत अन्य कार्यकर्ता माथि कुटपिट गरेको थियो ।

जिल्ला प्रसासन कार्यालय अगाडी कोण सभा गर्दै जल्ला कार्य समिति झापाले तरुण दलका कार्यकर्तामाथी हातपात गर्नु निन्दनिय कार्य रहेको भन्दै चिकित्सा शिक्षा विधेयक पूर्र्णरुपमा पारित गर्नुपर्ने, इन्टरनेटमा लगाइएको १३ प्रतिशत कर खारेज गर्नुपर्ने चर्काे मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, संविधानको धारा ९१ को पालना गर्नुपर्ने लगायतको माग राखि आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

जिल्ला कार्यसमितिका अध्यक्ष गोपाल तामाङको अध्यक्षतामा भएको कोण सभामा नवि संघका केन्द्रिय सदस्य सन्तोष उप्रेती, तरुण दलका पूर्व अध्यक्ष भुमिराज राई, तरुण दलका केन्द्रीय सदस्य मदन बुढाथोकी लगायतले कोण सभालाई सम्बोधन गरेका थिए भने नेपाल तरुण तल जिल्ला कार्यसमित झापाका सचिव अनिल ढुंगानाले कार्यक्रम संचालन गरेका थिए ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर