Aamsanchar

ऊर्जामा महिला सहभागिता अभिवृद्धि गर्न सरकार प्रतिवद्ध

Author Image
आइतवार, साउन ६, २०७५

काठमाडौँ, 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जामा महिला सहभागिता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

ऊर्जा र वातावरणको लागि महिला संजाल, नेपाल(वनी)का प्रतिनिधिहरुले बुझाएको ११ सूत्रीय मागपत्र प्रहण गर्दै मन्त्री पुनले राज्यका ऊर्जासम्बन्धी नीति तथा कानूनहरु लैङ्गिकमैत्री बनाउन र ऊर्जा क्षेत्रको समग्र नीति निर्माण प्रक्रिया र कार्यान्वयनमा महिलाको अर्थपूर्ण सहभागिता बढाउन आवश्यक रहेकाले नयाँ बन्ने कानून तथा विद्यमान कानूनमा परिमार्जन गरी महिलाको उपस्थिति अनिवार्य गरिनेछ भन्नुभयो ।

उहाँले सम्पत्तिमा महिलाको पहुँच बढ्दै गएको सन्दर्भमा महिलाकै लगानी र संलग्नता रहने गरी दिदीबहिनी जलविद्युत् आयोजना निर्माण गर्न सकिने र यसका लागि उपयुक्त आयोजनाको छनौट र लगानीमा समेत सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सो अवसरमा वनीकी अध्यक्ष कला तिमिल्सिनाले स्थानीय तहदेखि संघीय सरकारसम्म ऊर्जासम्बन्धी बजेट तथा कार्यक्रमहरुलाई लैङ्गिक उत्तरदायी बनाउन, ऊर्जामा महिलाको लगानी, स्वामित्व र प्रतिफलको पहुँचमा समान अवसर सिर्जना गर्न, विद्युतीय सुरक्षाबारे सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुका साथै नागरिक सुरक्षाको लागि विद्युतीय दुर्घटना क्षतिपूर्ति कोष र दुर्घटना बिमाको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

ऊर्जामा देशभरिका महिलाहरुको किफायतीे, विश्वसनीय, दिगो र आधुनिक उर्जामा सहज पहुँचका लागि बिभिन्न किसिमको क्षमता विकास र नीतिगत वकालत गर्ने उघेश्यले स्थापित यस सन्जाल देशका ३० भन्दा बढी जिल्लामा विस्तार भएको जनाइएको छ ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर