Aamsanchar

आज साउनको पहिलो सोमबार, अर्जुनधाराधाम सहित देशभरका शिवमन्दिरमा घुईंचो

Author Image
सोमवार, साउन ७, २०७५

झापा ।

आज साउनको पहिलो सोमबार, पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम सहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुईंचो लागेको छ ।साउनको सोमबार राजधानमिा रहेको पशुपतिनाथ मन्दिरमा लाग्ने भक्तजनको भीड व्यवस्थापनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि नै लाम व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत काम भैरहेको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिए।

यता झापाको अर्जुनधाराधाममा पनि भक्तजनको भिडलाई हेरेर ट्राफिक ब्यवस्थापनको काम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो ।

भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा छ ।अर्जुनधाराधाममा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु आउने गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर