Aamsanchar

बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक प्रसाईले भने– ‘मेरो अभिब्यक्तिलाई अतिरञ्जित गरियो, कसैको भावनामा ठेस पुगेको भए म क्षमाप्रार्थी छु’

Author Image
सोमवार, साउन ७, २०७५

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो अभिब्यक्तिलाई अतिरञ्जित गरिएको बताएका छन् ।

डा.गोबिन्द केसीको आन्दोलनसंगै चर्चाको पात्र बनेका बीएण्डसी अस्पतालका सञ्चालक एवं कार्यकारी निर्देशक प्रसाईले आफ्नो अभिब्यक्तिको विषयमा चर्को विरोध भएपछि विज्ञप्ती जारी गर्दै भने– कतिपय बिशिष्ठ र निश्चित घटनाका बिषयमा बोलिएका कुरा र बिचारहरुले कसैको ब्यक्तिगत र सामाजिक इज्जत, प्रतिष्ठामा आँच पूर्याउन खोज्ने आशय मेरो अन्र्तमनको कुनै पनि कुनामा नरहेको स्पष्ट पार्न चाहन्छु ।

बाहिर अतिरञ्जित गरिएको बिषयले कसैको ब्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको महसुस भएमा पनि म क्षमाप्रार्थी रहेको कुरा यसै बिज्ञप्ति मार्फत सार्बजनिक गर्न चाहन्छु भनेका छन् ।

प्रसाईले कसैको ब्यक्तिगत र सामाजिक इज्जत प्रतिष्ठामा आँच पुर्याउने नियतले आफूले अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफ्नो अभिव्यक्तिलाई लिएर भइरहेको प्रचारका विषयमा ध्यानाकर्षण भएको जनाउँदै निर्देशक प्रसाईले यो कुरा स्पष्ट पारेका हुन् ।

प्रेस बिज्ञप्ति
आदरणीयआमाबुबा, दाजुभाईतथादिदीबहिनीहरु,

विगत ४ वर्षदेखि मेची अञ्चल झापा जिल्लाको बिर्तामोडमा मेरो र मेरोपरिवारको लगानीमा संचालित बीएण्डसी शिक्षण अस्पताल मार्फत हामीले आमजनता लाई स्वास्थ्यसेवा प्रदान गरिरहेको यहाँहरुसबैलाई सर्बविदितैछ।

देशको प्रचलित संविधान र कानूनले तोकेका आवश्यक सम्पूर्ण मापदण्ड र प्रक्रियाहरु पूरा गरेर मेचीअञ्चलकाआवश्यकताहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याउन खोजिएको बीएण्डसी मेडिकलकलेजलाई विविध अवरोध हुँदा सूदुरपूर्वकाआमगरिव, दुखी, बिपन्नजनताका छोराछोरीहरु डाक्टर बन्नपाउने अवसरलाई रोक्ने कामभइरहेको यहाँहरुलाईअवगत नै छ। मैले  नेपाल राज्यको संविधान र कानूनप्रदत्त अधिकार अनुसार नै मुलुकभित्रब्यावसाय गरेर जनतालाई सेवादिन पाउने नागरिक अधिकारको उपभोग गर्दै देशप्रतिको नागरिक उत्तरदायित्व निभाउने प्रयास गरिरहेकोछु।

स्वतन्त्रतापूर्वक आफ्नो अभिव्यक्ति राख्नपाउने नागरिक अधिकार अनुसार नै म र मेरो व्यवसायसँग जोडिएका विषयहरुमा मैले आफ्नातर्कहरु राख्ने गरेकोछु।तरतत्कालिन अवस्थामा समयसान्दर्भिक र तथ्यगत कुराहरुलाई लिएर व्यक्तगरिएका मेरा भनाइहरुलाई तोडमोड गरेर केहीदिन देखि केही मिडिया र सामाजिक सञ्जालहरुमा मेरो विचार तथा तर्कहरुलाई दुरुपयोग रअतिरञ्जितगर्ने काम भइरहेकोमा मेरो गम्भिर आपत्ती छ।

यो बीचमा म र मेरो परिवारको चरित्र हत्यागर्ने, मैलेसंविधान र कानुनसम्मत प्रयोग गरिरहेको नैसर्गिक अधिकारमा धावा बोल्ने, देशको नियम र कानुन बमोजिम तोकिएको मापदण्डमा रहेरब्यापार, ब्यावसाय गर्नु लाई कुनै दण्डनीय अपराध गरे झैं मेरो मानमर्दन हुनेगरी नानाप्रकारकाआरोपहरु संगठितरुपमा कुप्रचार भइरहेका छन्।
यहाँहरुलाई सर्वविदितैछ, मेडिकलशिक्षाका नाममा हालदेशमा अनावश्यक राजनीतिक स्वार्थ साँध्नेकाम भइरहेको छ।

ठीक यही मेसोमा धमिलोपानीमा माछामार्ने समूहहरु संगठित रुपमा मेरो नैसर्गिक अधिकारमाथि धावा बोलिरहेकाछन्। कानूनी राज्यमा ढिलोचाँडो त्यस्तासमूहहरुको पहिचान हुनेनैछ। कुनै पनि नागरिकको नैसर्गिकअधिकारमाथि आक्रमण गर्ने त्यस्तासमूहहरु कानून बमोजिमदण्डको भागिदारहुने नै छन्। र, सत्यसेवा भावको मेरो सत्प्रयासमा न्यायको ढोका खुल्नेमा आशावादी समेत छु।

डेढवर्ष अघि मैले मेरो आफ्नो अनुभवको आधारमा स्वदेशमै स्वास्थ्य शिक्षाको अपर्याप्तताका कारणले स्वदेशमा अध्ययनगर्ने अवसर नपाएर विदेशमा पढ्न जानबाध्य नेपालीहरुकोदुःख र सास्तीको विषयको सूचनाहरुको सत्य तथ्य पत्तालगाउनुपर्छ र त्यस्तो करुणादायी अवस्थाछ भने हाम्रा नेपालका छोराछोरीहरुको पीडामा न्यायदिनुपर्छ भनेर चिन्ता ब्यक्तगरेको विषयलाई केही दिन यता डेढवर्ष अघिभनिएको पूरै अभिव्यक्तिलाई नै नराखीकाँटछाँट र तोडमोड गरेर बेमौषमी बाजाबजाउँदै अतिरञ्जित र विषयकोसंवेदनशीलतालाई दुरुपयोगगर्ने काम भइरहेको छ।

मैले कतिपय परिस्थितिमा विशिष्टघटनाहरुको विषयमा बोलेका कुरालाई सूचनाप्रविधिको दुरुपयोग गर्दै सामान्यी करण गरेर मेरोतेजोबध गर्ने कुराले म कुनैपनि हालतमा मेरो सत्यपथबाट बिचलित हुने छैन। किनकिमदेश, जनतारसत्कर्मलाई सँधैमध्यनजर गर्दै सम्मान गर्ने गर्दछु। मेची अञ्चलका २९ लाखजनतालाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा गुणस्तरीय शिक्षा स्वास्थ्य र रोजगारी सिर्जनागर्ने अभियानमा म मेरोव्यक्तिगत क्षमता र बुताले भ्याएसम्म निरन्तर रुपमा लागि रहनेछु।

अन्त्यमा, मैले विभिन्न समयमा विशिष्ठ र निश्चितघटनाका आधारमा बोलिएका कुराहरुको रुपमा लिइदिनुहुन, विषयलाई समग्रतामा बुझिदिनु हुन र व्यक्तिगत रुपमा नलिइदिनु हुन सरोकारवाला रआमसर्वसाधारण माहार्दिकअपील गर्दछु। साथै कतिपय विशिष्ठ र निश्चित घटनाका विषयमा बोलिएका कुरा र विचारहरुले कसैको व्यक्तिगत र सामाजिक इज्जत–प्रतिष्ठामाआँचपुर्याउन खोज्नेआशय मेरोअन्तरमनको कुनैपनि कुनामा नरहेको स्पष्टपार्न चाहन्छु।

बाहिरअतिरञ्जित गरिएको विषयले कसैकोव्यक्तिगत, सामाजिकइज्जत र प्रतिष्ठामा ठेस पुगेको महसुस भएमा पनि मक्षमाप्रार्थी रहेको कुरा यसै विज्ञप्ति मार्फत सार्वजनिक गर्न चाहन्छु। देश, जनता र स्वास्थ्य शिक्षा कै पक्षमा लागि रहेको मेरो प्रयास र यथार्थतामा सबैले साथ दिनु नै हुनेछ भन्नेमा विश्वस्तछु।धन्यवाद।

भवदीय,
दुर्गाप्रसाई
कार्यकारीनिर्देशक
बीएण्डसीटिचिङ्गअस्पताल
बिर्तामोड, झापा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर