Aamsanchar

डुबेर दिदीबहिनीको मृत्यु, एक गम्भीर

Author Image
सोमवार, साउन ७, २०७५

चितवन,

पूर्वी चितवनको खैरहनी नगरपालिका ३ स्थित लदरी खोलामा डुबेर २ बालिकाको मृत्यु भएको छ।

अर्की एकजना बालिकाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सोमबार बिहान ११:४५ बजेको समयमा खोलामा गएका बेला डुबेर स्थानिय रवि विककी छोरी १३ वर्षीया करुणा विक र १० वर्षकी रिया विकको मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

उनीहरूको उपचारका क्रममा करिब पौने २ बजेतिर ज्यान गएको उनको भनाई छ। उनीहरूमध्ये करुणाको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भरतपुरमा र रियाको भरतपुर स्थित सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरूसँगै पौडी खेल्न गएकी काठमाडौं इमाटोल बस्ने १५ वर्षकी अस्मिता गौतमको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर