Aamsanchar

ओछ्यानमा नै सर्पले टोकेपछि…

Author Image
मङ्गलवार, साउन ८, २०७५

उदयपुर ।

उदयपुरमा सर्पको टोकाईबाट १० वर्षे बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–२ स्थित गरासका हंस बहादुर कार्कीका १० वर्षिय छोरा विक्रम कार्कीको सर्पको टोकाईबाट मृत्यु भएको छ ।

आइतबार राति करिव १२ बजेको समयमा घरै हजुर आमासंग सुतेको अवस्थामा बालकलाई सर्पले टोकेको थियो । सर्प खुट्टामा बेरेको देखेपछि बालकले झट्का हानेर छुटाएका थिए ।

सर्प घरभित्रै फेलापारी मारेपनि बालकले आफुलाई सर्पले नटोकेको बताएका थिए । केही समयपछि बालकले भोमिटिङ गर्न थालेपछि कटारी स्थित बेलस्रोत आर्मी क्याम्पको सर्प दंश उपचार केन्द्र्रमा उपचारमा पुर्याएको मृतकका काका मेघबहादुर कार्कीले बताए ।

उनका अनुसार सर्प दंश उपचार केन्द्रमा पनि दुई पटकसम्म भोमिटिङ गरेपछि एन्टी स्नेक भेन औषधि दिएको बताए । तर, जव सोमबार विहान ४ बजेको समयमा बोल्न नसक्ने घाटी च्यापेपछि उनलाई बालकलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । अस्पताल पुर्यार चेक जाँच गर्दा अस्पतालले आधा घण्टा अगाडी नै मृत्यु भएको घोषित गरेका थिए ।

Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर