काठमाडौं,

सरकारले आर्थिक वर्षको अन्त्यमा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवृत्ति रोक्न जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाउने निर्णय गरेको छ।

कुल बजेटको एकतिहाई बजेट असारमा मात्रै खर्च हुने प्रवृत्ति नरोकिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार महिनामा विकास निर्माणका काम गर्न नपाइने निर्णय गरेको हो।

सरकारी कर्मचारीहरुमा असारे विकासका नाममा बजेड बाँडीचुँडी खाने प्रवृत्ति मौलाएका कारण मन्त्रालयले जेठ मसान्त पछिको एक महिना विकास निर्माणका कममा रोक लगाउने निर्णय गरेको जनाएको छ।

मन्त्रालयका अनुुसार यस मातहतका सबै कार्यलयलाई गरिपत्र गरिसकेको खबर कारोबार दैनिकमा छ। भौतिक पूर्वाधर तथा यातायातमन्त्री रघुबीर महासेठले अब आइन्दा असार महिना लागेपछि विकास निर्माणका काम नगर्न र सम्पन्न कामको गुणस्तर जाँच गर्न निर्देशन दिएको जानकारी दिए।
उनले भने ‘असार महिना लागेपछि खर्चमात्रै गर्ने जुन प्रवृत्ती छ, त्यसको अब अन्त्य हुनेछ, यसबारेमा मन्त्रालयले निर्णय गरेर सबै कार्यालायलाई परिपत्र जारी गरि गरेको छ।’

