मोरङ। 

प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित दही खोलाबाट जंगली हरिणको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा जंगली हरिणको शिकार गरी टुक्रा पारेर राखेको अबस्थामा २५ किलो जंगली हरिणको मासु फेला पारी बरामद गरेको हो ।
हरिणको मासुसहित म्याजिकका चालक सुन्दरहरैचा नगरपालिका २ घर भई ईटहरी उपमहानगरपालिका ४ बस्ने २१ बर्षिय अजय चौधरी र मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने ३६ बर्षिय मोहन प्रसाद सुबेदीलाई पक्राउ गरिएको अस्थायी प्रहरी चौकी कानेपोखरीले जनाएको छ ।

बरामद गाडी, मासुसहित दुबैजनालाई आवश्यक कारवाहीका लागी ईलाका बन कार्यालय कानेपोखरीमा बुझाइसकेको प्रहरी कार्यालयले जनाएको छ ।
Views: 133

