Aamsanchar

कतारमा एक झापालीको निधन

Author Image
मङ्गलवार, साउन ८, २०७५

झापा । 

झापाको अर्जुनधारा नगरपालिका ९ स्थित शनिश्चरे निवासी ३८ बर्षीय योगेन्द्र बस्नेतको बैदेशिक रोजगारीको क्रममा कतारमा निधन भएको छ ।

कतारको डेल्टा कम्पनीमा विगत १२ बर्षदेखि रोजगारीमा रहनुभएका बस्नेतको गत असार ३२ गते सोमवार विहान साढे ८ बजे अफिसमा काम गरिरहेको अवस्थामा ह्रदयघातबाट निधन भएको हो ।

उनको पार्थिक शरिरलाई एकसाता पछि मंगलबार कनकाई माइमा दाहसंंस्कार गरिएको छ । उनको  श्रीमती सावित्रा शिवाकोटी (बस्नेत) र ६ बर्षिय छोरी आराध्य र डेढ बर्षिय छोरा आरम्भ रहेका छन । शिवाकोटी पछिल्लो समय डेढ बर्ष अघिमात्रै छुट्टिमा घर आएर रोजगारीमा फर्किएका थिए ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर