Aamsanchar

चिनियाँ टोलीले सक्यो ९ नदीको प्रारम्भिक सर्वेक्षण

Author Image
मङ्गलवार, साउन ८, २०७५

अनिल वाग्ले/ झापा।

चिनियाँ प्राविधिक याउको नेतृत्वको ७ सदस्यीय टोली यतिवेला झापामा छ । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका वेला भएको सहमती अनुरुप केही समय अधि झापा आएको चिनियाँ प्राविधिकहरुको टोली प्रति यतिवेला धेरैको चासो पनि बढेको छ ।

झापामा रहेको सो टोलीको भ्रमणलाई झापामा उत्साहका साथ हेरिएको छ । झापाका विभिन्न ९ वटा नदी तटबन्धका लागि प्रारम्भिक सर्वेक्षणका लागि आएको सो टोलीले मंगलबार सम्म ९ वटै नदीहरुको प्रारम्भिक निरिक्षण सकेको जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय झापाका प्रमुख एकराज भट्टराईले जनाएका छन् ।

टोलीले झापाका मावा, कमल बनियानी, रतुवा, कृष्णे, सतासी, कन्काई, विरिङ, हडिँया र निन्दा नदीको स्थलगत अवलोकन गरेको छ । स्थलगत अध्ययन मंगलबार सकेको टोलीले अब नेपाल सरकारलाई प्रतिवेदन बुझाउने र प्रतिवेदन बुझे पछि कुन ढंगले अघि बढ्ने भन्ने विषयमा दुई पक्षिय छलफल हुने बताइएको छ । टोलीले पहिलो चरणमा नदीहरुको सामान्य अध्ययन गरेको र कुन ढंगले कार्य गर्ने र कस्ता प्राविधिक पठाउने भन्ने विषयमा जानकारी लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नरेश खरेलले जनाएका छन् ।

उनले बढीमा दुईतीन महिना भित्र लगानीको इष्टिमेट तयार हुने र पहिलो प्रतिवेदन प्रति दुवै देश सकारात्मक बने चाँडै विस्तृत सर्बे हुनसक्ने बताएका छन् । खरेलले चीनले नेपालमा नदी नियन्त्रणका लागि कार्य ग¥यो भने भविश्यमा नेपालीले दुख नपाउने गरी काम हुने बताएका छन् ।

यस्तै झापा क्षेत्र नम्बर २ की सांसद पवित्रा निरौला खरेलले यो कार्यले सार्थकता पाए झापामा कहिल्यै पनि यी नदीबाट जनताले सास्ती खेप्नु नपर्ने बताइन् । तटबन्धको काम भए यहाँका किसान जनताकालागि बरदान सावित हुने उनले दावी गरिन् । यो कार्य भएको खण्डमा नदीलाई व्यवस्थित तटबन्ध गरेर खोलाले कटान गरेका क्षेत्रमा हरियाली छाउने बताइन् झापामा बर्षेनी यी नदीहरुबाट ४० हजार बढी प्रभावित हुने गरेका छन् ।

बाढीमा परी पछिल्लो २ बर्षमा १७ जनाको मृत्यु भएको छ ।यी नदीहरुले बर्षेनी ठूलो मात्रामा कटान गर्ने गरेका छन् । कटानका कारण नदी आसपासका गाउँवस्ती खतरामा पर्ने गरेका छन् भने सयौं विगाहा उब्जनी योग्य जमिन बगरमा परिणत हुने गरेका छन् । यी नदी व्यवस्थित गर्न सके सिँचाईका लागि किसानले ठूलै राहत पाउन सक्ने बताइएको छ ।

सांसद, स्थानीय जनप्रतिनिधि, जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालयका प्रतिनिधि लगायतको टोलीले सो टोलीलाई ९ वटै नदीको वर्तमान अवस्था र विगतमा यी नदीले पु¥याएको क्षतिबारे जानकारी गराएको जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख भट्टराईले जानकारी गराए ।

चिनियाँ टोलीले सबै खोलाको प्रकृति एकै खाले भएको र कार्य गर्न सकिने बताएको जनाइएको छ । चिनियाँ टोली केही दिनमै काठमाडौं जाने र सो बारे सरकारलाई प्रतिवेदन बुझाउने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर