बुधबारे ।

पर्यावरण जोगाउँदै आगामी पुस्तालाई सुन्दर हरियाली समाज हस्तान्तरण गर्ने मनशायले बुधबारे जेसीज बुद्धशान्ति गाउँपालिका क्षेत्रमा जेसीज वन निर्माणको लक्ष्य लिएर उपयुक्त जग्गाको खोजीमा रहेको छ ।

बुधबारे जेसीजको हालै सम्पन्न बैठकले जेसीज वन निर्माण गर्ने र त्यसका लागि उपयुक्त जमिनका लागि सम्बन्धित निकायसँग परामर्श लिएर अघि बढ्ने निर्णय गरेको बुधबारे जेसीजका अध्यक्ष जेसी प्रकाश भण्डारीले जनाएका छन् ।
जेसीज वन निर्माणका लागि उपयुक्त जमिनको आवश्यकता पर्ने र त्यस वन निर्माण भएपछि प्राकृतिक विपत्ति पनि नियन्त्रण गर्ने ठाउँमा वन निर्माण गर्दा उपयुक्त हुने हुँदा त्यस्तो ठाउँ रोज्नुपर्ने बुधबारे जेसीजका महासचिव चन्द्र कटबालले बताए ।

जेसीजले समाजलाई असल र फाइदा पु¥याउने कार्य गर्नुपर्ने भएकाले दिर्घकालिन फाइदाका कुराहरुमा जेसीज लागे युवाहरुले नेतृत्व गर्ने संस्था जेसीजको पनि साख बढ्ने बुधबारे जेसीजका अनिल वाग्लेको धारणा छ ।

