Aamsanchar

कैलालीमा १० महिने बालिकाको मृत्यु, हत्याको आशंकामा बुवाआमा पक्राउ

Author Image
बुधवार, साउन ९, २०७५

धनगढी,

कैलालीको गोदावरी नगरपालिका-९ धनचौरीमा १० महिने बालिकाको हत्याको आशंकामा प्रहरीले बालिकाको बुवाआमालाई पक्राउ गरेको छ।

कलावती जोशी र हर्कराज जोशीलाई १० महिने बालिकाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिहरको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले बताए।

‘मृतकका बुवाआमा नियन्त्रणमा छन्, उनीहरूमाथि अनुसन्धान भइरहेको छ तर हत्या नै हो भन्न सकिने अवस्था छैन’ प्रहरी नायव उपरीक्षक वलीले भने। मृतक डम्वराकी हजुरआमा सुनकला जोशीले आफ्नी नातिनीको हत्या गरेको भन्दै खबर गरेपछि ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाको टोली  घटनास्थल पुगेको थियो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक किसन ठकुरीले हत्या भएको खबर आएपछि अनुसन्धानका लागि आमाबुवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए। मृतक बालिकाको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल ल्याईएको प्रहरीले जनाएको छ।

‘पोष्टमार्टम रिर्पोट आएपछि थप रहस्य खुल्ने छ, अहिले हामी अनुसन्धानमै छौँ’ प्रहरी नायव उपरीक्षक वलीले बताए।-थाहाखबरबाट

Views: 147

प्रतिक्रिया (०)