Aamsanchar

प्रहरी पोष्ट पहिरोले पु¥यो

Author Image
बिहिवार, साउन १०, २०७५

रसुवा, 

गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ ।

पहिरोमा परी आठ÷दश जना बेपत्ता भएको अनुमान गरिएको छ । गएराति १२ बजेको घटना भएकाले अहिले बिहान सबेरैदेखि बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यकिन तथ्यांक भने आउन बाँकी रहेको प्रजिअ पौडेलले बताउनुभयो ।

अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर