Aamsanchar

थ्री बिज एजुकेशन कन्सल्टेन्सीद्धारा निबन्ध लेखन प्रतियोगिताको आयोजना

Author Image
बिहिवार, साउन १०, २०७५

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीले जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

अष्ट्रेलिया अध्ययनका लागी विद्यार्थी पठाउने काम गर्दै आएको कन्सल्टेन्सीको बिर्तामोड शाखा खुलेसंगै निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको हो । प्लस टु अध्ययनरत तथा सो भन्दा माथि अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्ने बिहिबार बिर्तामोडमा आयोजिक पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपाल पर्यटन वर्ष २०२० कसरी सफल पार्न सकिन्छ ? भन्ने शिर्षकमा निवन्ध लेखन प्रतियोगिताको आयोजना गरेको थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अशोक भण्डारीले जानकारी दिए ।

जिल्लामा नै सर्वाधिक पुरस्कार राशीको निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने विद्यार्थीले २० हजार रुपैंया र दोस्रो हुनेले नगद १० हजार रुपैंया प्राप्त गर्ने प्रबन्ध निर्देशक भण्डारीले बताए ।

झापामा मात्र होइन नेपालमा पर्यटनको प्रचुर सम्भावना भएपनि त्यसको उचित प्रचार प्रसार नहुदाँ विदेशी पर्यटक नेपाल कमै मात्र आउने गरेको भन्दै कन्सल्टेन्सीले विद्यार्थी मार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको अर्का सञ्चालक निमेश शिवाकोटीले बताए ।

नेपालबाट विदेश गएका तथा नेपालमा नै रहेर पर्यटनको क्षेत्रमा केही गरौं भन्ने विद्यार्थीलाई हौसला प्रदान होस् भन्ने उद्धेश्यले निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको जनाइएको छ । प्रदेश–१ सरकारले ५ वर्षभित्र ५ लाख विदेशी पर्यटक भित्र्यिाउने लक्ष्य राखि रहेका बेला कन्सल्टेन्सीले नेपालकै होचो भू–भाग केचना देखि विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नै प्रदेशमा रहेको भन्दै निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको हो ।

आगामी श्रावण १५ गतेसम्ममा प्रतियोगितामा सहभागि हुने विद्यार्थीले फारम भरि सक्नुपर्ने जनाइएको छ । झापाका ३७ भन्दा बढी कलेजबाट एक सय ५० बढी विद्यार्थीले सहभागिता जनाउने अपेक्षा गरिएको जनाइएको छ । १८ गते शुक्रबार सबै विद्यार्थीलाई राखेर प्रत्यष लेख्न लगाउने बताइएको छ । अग्रेजी भाषामा १५ सय शब्दसम्मा निबन्ध लेख्नुपर्ने जनाइएको छ ।

Views: 200

प्रतिक्रिया (०)