Aamsanchar

डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच सात बुँदे सहमति

Author Image
बिहिवार, साउन १०, २०७५

काठमाडौं,

२७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिनेकाम भइरहेको सरकारी वार्ता टोलीका सदस्य केदार न्यौपानेले अन्नपूर्णलाई जानकारी दिए ।

‘अब छिट्टै सहमतिलाई औपचारिक रुपमा सार्वजनिक गर्नेछौँ’, सदस्य न्यौपानेले भने । मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो ।

प्रधानमन्त्री केपी शर्म ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर