Aamsanchar

सरकारका कामबारे डटेर कुरा राख्न प्रमको आग्रह

Author Image
शुक्रवार, साउन ११, २०७५

काठमाडौैँ, 

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिनुभएको छ ।

नेकपा संसदीय दलको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइसक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो– “शीर्ष नेताहरुले सरकारका नीति तथा कार्यक्रम र बजेटका बारेमा खुलेर कुरा राख्नुपर्छ, यसले संसद् र जनतामा राम्रो सन्देश प्रवाह हुन्छ ।”

संसद्मा हुने अवरोधले कानुन निर्माणको कार्यसूचीलाई असर गर्ने बताउँदै उहाँले सबै काम समयमै सक्न पार्टीका सांसदले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल दिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएकाले बेथिति र भ्रष्टाचार घट्दै गएको उल्लेख गर्दै “कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु भन्नुभयो ।”

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र सरकारविरुद्ध भइरहेका षड्यन्त्र चिर्न आग्रह गर्दै सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई नै अवरोध पु¥याउने छ भन्नुभयो ।

बैठकमा चिकित्सक डा गोविन्द केसी र सरकारबीच भएको नौ बुँदे सहमतिबारे जानकारी गराइएको थियो ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर