Aamsanchar

प्रियंकाले निकसँग विवाह गर्न छोडिन् सलमानको ‘भारत’!

Author Image
शुक्रवार, साउन ११, २०७५

काठमाडौं ।


भारतीय अभिनेत्री प्रियंका चोपडा र उनका प्रेमी निक जोनसको सम्बन्धबारे बलिउडमा व्यापक चर्चा छ। यसको चर्चा प्रियंकाका फ्यानहरूमा पनि व्यापक बन्दै गएको छ।

यसैबीच प्रियंका र निकले यसैवर्ष विवाह गर्ने भन्ने समाचार बाहिरिएको छ। निकसँग विवाह गर्नकै लागि प्रियंकाले सलमान खानको मूख्य भूमिका रहेको फिल्म ुभारतु छोडेको बताइएको छ।

यसैबीच यो जोडीको बारेमा एउटा अर्को कुरा कुरा पनि बाहिरिएको छ कि यी दुवैको इंगेजमेन्ट गरेका छन्। यी दुवैले प्रियंकाको ३६ औँ जन्मिदिनमा इंगेजमेन्ट गरेको बताइएको छ। लन्डनमा गुपचुप इंगेजमेन्ट गरेको सार्वजनिक भएको छ।

निकले प्रियंकाका लागि न्यूयोर्कबाट औँठी किनेको बताइएको छ। निक र प्रियंकाले सन् २०१८ को मे महिनादेखि डेटिङ गर्न थालेका थिए। त्यसपछि उनीहरू विभिन्न स्थानमा सँगै देखिएका थिए। उनीहरू विवाह गर्नकै लागि प्रियंकाले ुभारतु छोडेको बताइएको छ। जसलाई उक्त फिल्मका निर्देशक अलि अब्बासले स्वीकार गरेका छन्।

उनले प्रियंकाको खुसीका लागि आफू सधैं तयार रहेको बताएका थिए। थाहाखबरबाट

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर