Aamsanchar

इन्टरनेटको शुल्क नबढ्ने

Author Image
शुक्रवार, साउन ११, २०७५

काठमाण्डौं ।

इन्टरनेट सेवामा साउन १ गतेबाट लागु हुने गरी बढाएको शुल्क सरकारले फिर्ता लिएको छ ।

सञ्चार मन्त्रालयमा आज भएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीच पूरानै मूल्य कायम गर्ने सहमति भएको हो । यो सहमति घरायसी प्रयोगको लागि इन्टरनेट किन्ने उपभोक्ताका लागि मात्रै लागू हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विरेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

कर्पोरेट ग्राहकले भने अतिरिक्त १३ प्रतिशत तिर्नुपर्ने हुन्छ । सरकारले साउन १ देखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शूल्क लिने व्यवस्था आर्थिक ऐनमार्फत गरेको थियो ।

दूरसञ्चार शुल्क लगाएपछि इन्टरनेट महंगिएको भन्दै चर्को विरोध भएको थियो । साथै मन्त्रालयले तत्काल सर्वसाधरण उपभोक्ताले तिर्ने इन्टरनेट सेवाको मुल्यमा कुनै वृद्धि नगर्ने निर्णय समेत गरेको रेडियो कान्तिपुरले जनाएको छ ।

Views: 109

प्रतिक्रिया (०)