Aamsanchar

एउटै जीपमा दुई वटा नम्बर प्लेट लगायो मेचीनगर नगरपालिकाले, कुन नम्बर आधिकारीक हो ?

Author Image
शनिवार, साउन १२, २०७५

पार्थ मण्डल/झापा ।

शुक्रवार दिउँसो चाराआली-भद्रपुर सडक खण्डमा अचम्मको घटना घटियो । अचम्मको घटनाले पत्रकार र प्रहरीलाई पनि अचम्मित नै बनाए ।

घटना विवरण अनुसार चाराआली-भद्रपुर सडक खण्ड अन्तरगत एउटा सरकारी नम्बर प्लेटको जीप सडक देखि तल पानी जमेको खाल्डोमा खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको जीप मेचीनगर नगरपालिका कार्यालयको रहेछ । चालक दिनेश राईले चलाउँदै गरेको जीप कार्यालय विशेषको कामले भद्रपुरतर्फ जार्दै थियो ।

एक्कासी जीप सडक छाडेर खाल्डोमा गएर दुर्घटना भयो । दुर्घटना परी चालक राई सामान्य घाइते भएपछि स्थानीयबासीको घटनास्थलमा भीड लाग्यो । दुर्घटना चालककै कारणले भएको एक स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।

दुर्घटनामा परेको जीप हेर्न गएका स्थानीयबासी जीप हेर्दा अचम्ममा नै परे । किनभने, सरकारी नम्बर प्लेट भएको जीपमा दुई वटा नम्बर फेला परेको देखेर । दुई वटा नम्बर प्लेट भएको सरकारी जीप देखेपछि स्थानीयमा कानाखुशी सुरु भयो । घटनास्थलबाट एक युवकले पत्रकारलाई फोन गर्दै भने, दाई सरकारी गाडीमा पनि दुई वटा नम्बर हुन्छ र ? यो शब्द सुनेर एकछिन पत्रकार अलमल्लमा परे ।

फोन गर्ने भाईले तत्काल जीपको फोटो खिचेर पठाए । फोटो हेर्दा सेतो रंगको जीपको अगाडी पट्टी रातो प्लेटमा बा १८ च ७४३८ र पछाडी पट्टी सेतो प्लेटमा मे १ झ १४९ नम्बर उल्लेख गरिएको थियो ।

दुई वटा फरक-फरक नम्बर भएका सरकारी जीपलाई के कारवाही हुन्छ भन्दै पत्रकारले प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीलाई घटना बारेमा सुनाए । प्रहरी उपरीक्षक केसीले तत्काल घटना बारे बुझ्न प्रहरी टोली घटनास्थल पठाए ।

घटनास्थलमा पुगेपछि प्रहरीले दुई वटा नम्बर हेरेपछि जीप चालकलाई नम्बर बारे सोधे । चालकले जीप ठोकिएर अगाडी पट्टीको नम्बर प्लेट उप्किएर पानीमा खसेकोले पुरानो नम्बर प्लेट देखिएको बेलिविस्तार सुनाएपछि प्रहरी आफै छक्क परे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर