Aamsanchar

सुन चोरले सिक्रि हेरे लगत्तै गायव भयो , भिडियो एक्सरे गर्दा प्रहरी नै चकित

Author Image
शनिवार, साउन १२, २०७५

विराटनगर ।

नेपालमा सुन चोरीको नयाँनयाँ शैली आउन थालेको छ । केहि समय अघि नेपाल प्रहरीले मलद्धारामा सुन लुकाएर ल्याएका दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । त्यस्तै अर्को घटना पुर्वमा घटेको छ । जहाँ सुन चोरले सक्कली सुन चोरेर नक्कली देखाउने गरेको खुलासा भएको छ ।

यो घटना पुर्वी नेपाल इटहरी उपमहानगरपालिका वडा नम्वर ९ को हो । जहाँ ३१ बर्षका सुरज कुमार नेपालले सक्कली सुन निलेर नक्कली सुन फिर्ता गरेका हुन् । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–२ बस्ने नेपालले विराटनगर महानगरपालिका–९ मा रहेको सुन पसलमा गएर सुनी सक्कली सुन निलेर नक्कली सुन पसलेलाई फिर्ता गरेका हुन् ।

उनी सुन किन्न भन्दै विराटनगर उपमहानगरपालिका वडा नम्वर ९ मा रहेको राठी सुन पसलमा सिक्री किन्न गएका थिए । पसल अरुण कुमार राठीले सञ्चालन गरेका हुन् । अरुण कुमारसँग मागेर उनले सुन सिक्री सिक्री मागेर गलामा लगाएका थिए । गलामा लगाएको सक्कली सुन उनले निलेर नक्कली सुन मन नपरेको भन्दै फिर्ता गरेको थिए ।

नेपालले नक्कली सुन फिर्ता गरेको शंका लागेपछि अरुणले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाललाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा सुन फेला नपरेपछि भिडियो एक्स रे गरि हेरिएको थियो । भिडियो एक्स रे गरी हेर्दा सुन नेपालको पेट भित्र फेला परेको प्रहरीले जानकारी दिएको छ । अहिले नेपाल प्रहरीको नियन्त्रणमा रहेको ओएस नेपालले जनाएको छ ।

Views: 154

प्रतिक्रिया (०)