Aamsanchar

छत्तीस लाख घुससहित इन्जिनियर पक्राउ

Author Image
आइतवार, साउन १३, २०७५

बुटवल,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित  पक्राउ गरेको छ ।

आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिनुभयो ।

नगद रु १२ लाख पचास हजार र रु २४ लाखको बैंक भौचरसहित प्रमुख ठाकुरलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । ठाकुरले घुसको नगदसँगै रु २४ लाखको भौचर श्रीमतीलाई राख्न दिएको र उहाँ ट्याक्सिमा जाँदै गर्दा हेटांैडामा पक्राउ गरिएको अधिकृत भुसालले जानकारी दिनुभयो ।

भैरहवामा रहेको कार्यालयले रुपन्देही, कपिलबस्तु र अर्घाखाँचीमा भौतीक निमार्णको काम गर्ने गर्दछ । अख्तियार बुटवलको समन्वयमा ठाकुरकी श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उहाँ बाटोमै पक्राउ पर्नुभएको हो ।

यसअघि आज बिहान अख्तियारको टोलीले गुल्मिमा, सिमलटारी–प्युठान सडक आयोजनाका सव इन्जिनियर प्रकाश झालाई पनि रु एक लाख घुस सहित पक्राउ गरेको थियो । झालाई आज बिहान आफनैकोठामा घुस लिँदै गरेको अवस्थामा अख्तियार बुटवलको टोलीले पक्राउ गरेको हो ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर