Aamsanchar

झापाको बिभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

Author Image
आइतवार, साउन १३, २०७५

बिर्तामोड ।

अदुवा खोला पश्चिम जेब्रा क्रसिङ अभियान अन्र्तग झापाको बिभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरीएको छ । अभियान अन्र्तगत पूर्व पशिचम राजमार्ग अन्र्तगत विर्तामोडको अदुवा खोला पश्चिममा सडकको बिभिन्न भागमा जेब्रा क्रसिङ निर्माण गरीएको हो । अभियान अन्र्तगत आज दुर्गापुर चौक र लक्ष्मीपुर चौकमा जेब्रा क्रसिङ निर्माण गरीएको हो ।

कनकाई नगरपालिकाको दुर्गापुर चौकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र अभियानका संयोजक रणदेव हजामको सहयोग तथा सिर्जनात्मक अभ्यासमा बालबालिका कार्यक्रम कनकाई नगरपालिका १ को संयोजनमा जेब्रा क्रसिङ निर्माण गरीएको हो ।

उक्त्त अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई, कालिदाश रेग्मी नगर पालिका सदस्य गिता अधिकारी नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई लगायतले बिद्यार्थीहरुलाई ट्रफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

यस्तै नेल्टा झापाले लक्ष्मीपुर चौकमा पनि जेब्रा क्रसिङ निर्माण गरेको छ । संयोजक रणदेव हजामको संयोजन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रविधीक सहयोगमा जेब्रा क्रसिङ निर्माण गरीएको हो ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर