Aamsanchar

‘रोङमा कबर्डहल बनाउने’

Author Image
आइतवार, साउन १३, २०७५

इलाम।

सितोरियो करातेका राष्ट्रिय प्रशिक्षक एवम् रोङ गाउँपालिका इलामकी उपाध्यक्ष चन्द्रकला राईले आगामी बर्ष रोङ गाउँपालिकामा सुबिधासम्पन्न कबर्ड हल बनाउने घोषणा गरेकी छिन् ।

गुरु पूर्णिमाको अवसरमा सितेरियो करातेले इलामको कुटिडाँडामा आयोजना गरेको सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष राईले यस्तो बताएकी हुन् । उनले यसै बर्ष नक्सा डिजाइन तयार गरिने र आगामी बर्ष हल बनाउने तयारी भइरहेको बताइन् ।

सितेरियो करातेमा रोङ गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम राख्न सफल भएको बताउँदै उनले क्षेत्रीय देखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्ममा पदक पाउने खेलाडीहरुलाई रोङको गहना सम्झेर सम्मान र थप अवसर प्रदान गरिने बताइन् ।

कार्यक्रममा सितेरियो करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङले अरुले सुविधासम्पन्न स्थानमा प्रशिक्षण गर्दा आफूहरुले खुल्ला चौरमा प्रशिक्षण गर्नुपरेको बताउँदै सितेरियो कराते कै कारणले नेपाललाई देश–बिदेशमा चिनाउन सफल सफल भएको बताए । उनले जिल्लास्तरीय राष्ट्रपति प्रतियोगितामा यस बर्ष रोङ गाउँपालिका पहिलो भएको बताए ।

त्यस्तै कतारमा अन्तर्राष्ट्रिय महिला प्रशिक्षकको रुपमा काम गरिरहेकी सुस्मिता निरौलाले खेलसँगसँगै अध्ययनमा पनि ध्यान दिनुपर्ने बताइन् । निरौला विगत दुई बर्षदेखि कतारमा प्रशिक्षकको रुपमा काम गरिरहेकी छिन् । गुरुपूर्णिमामा सितोरियो करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङले सबै खेलाडीहरुलाई अनुशासन र खेलका लागि प्रगति गर्न आर्शिबाद दिएका थिए ।

कार्यक्रममा रोङ गाउँपालिका– ३ का वडाध्यक्ष मात्रिका बराल, सदस्यहरु प्रेमराज गुरुङ, योगमाया सुनुवार, इन्दिरा सिलवाल लगायतको आतिथ्य रहेको थियो । सितोरियो कराते कुटिडाँडा डोजोका अध्यक्ष रोहित गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ताराकुमार राईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)